काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेटवार्ता गरेका छन्।
बालेनले शुक्रबार अपराह्न शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। बालेनले राष्ट्रपति पौडेललाई भारत भ्रमणबारे जानकारी गराएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बालेनले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए। उनले भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेललाई भेटेका थिएनन्। त्यसलाई लिएर उनको आलोचना हुँदै आएको थियो।
बालेनले भारत भ्रमण लगायत विषयमा बिहीबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ५ घण्टा कुरा गरेका थिए। आफ्नो निवासमा भएको कुराकानीका क्रममा रविले बालेनलाई राष्ट्रपतिलाई भेट्न सुझाव दिएका थिए।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको पोखरेलले जानकारी दिए।










