भोटेकोशी बाढी प्रभावित क्षेत्रमा परियोजना चलाउन प्रस्ताव माग, मंसिर २० सम्म पेस गर्नुपर्ने

बिजमाण्डू
२०८३ मंसिर १० गते १८:०४ | Nov 26, 2026
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा परियोजना चलाउन प्रस्ताव माग, मंसिर २० सम्म पेस गर्नुपर्ने

काठमाडौं। सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणसम्बन्धी परियोजना अघि बढाउन प्रस्ताव मागेको छ।

GBIME
Tata

कृषि, वन तथा पर्यावरण मन्त्रालयले बिहीबार सूचना जारी गर्दै क्षति न्यूनीकरणसम्बन्धी परियोजनाका लागि प्रस्ताव मागेको हो।

जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको हानि तथा नोक्सानी कोषको निर्णयअनुसार प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई पूर्ण परियोजना प्रस्तावको हार्ड कपी पेस गर्न भनेको छ।

प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ अनुसार तयार गर्नुपर्नेछ। प्रस्ताव पेस गर्न मंसिर २० गतेसम्मको समय दिइएको छ।