काठमाडौं। प्राइभेट इक्विटी फण्डहरुको छाता संगठन नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)को अध्यक्षमा सीए विद्यावारिधि सिग्देल चयन भएका छन्।
उनी डोल्मा एड्भाइजरका प्रबन्ध निर्देशक हुन्। बुधबारको साधारणसभाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो।
एनपीइएको साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
कार्यसमिति सदस्यमा रविन श्रेष्ठ, महिमा न्यौपाने, विश्व गिरी, सरोज गुरागाईं, सम्राट मोगा र आशिष श्रेष्ठ निर्वाचित भएका हुन्।









