काठमाडौं। माछापुच्छ्रे बैंक भिसा इन्टरनेसनलबाट सम्मानित भएको छ।
भिसा इन्टरनेसनलले काठमाडौंमा आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकलाई ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस एसोसिएट क्लाइन्ट’ अवार्ड प्रदान गरेको छ। बैंकले लगातार तेस्रो वर्ष यो अवार्ड पाएको हो।
निरन्तर प्राप्त अवार्डले डिजिटल भुक्तानी प्रणालीको प्रवधर्न, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।









