मनि वर्ल्ड ब्रोकर कम्पनी नेप्सेको कारबाहीमा, तीन दिनका लागि कारोबार निलम्बन

बिजमाण्डू
२०८३ मंसिर १० गते १२:१२ | Nov 26, 2026
मनि वर्ल्ड ब्रोकर कम्पनी नेप्सेको कारबाहीमा, तीन दिनका लागि कारोबार निलम्बन

काठमाडौं। मनि वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नम्बर ७३) नेपाल स्टक एक्सचेन्जको कारबाहीमा परेको छ। नेप्सेले यो ब्रोकर कम्पनीलाई बिहीबारदेखि तीन कार्यदिनका लागि कारोबार निलम्बन गरेको छ।

GBIME
Tata

सीड‍ीएस एण्ड क्लियरिङको सिफारिसका आधारमा ब्रोकरले समयमै राफसाफ तथा फर्स्योट नगरेपछि कारबाही गरिएको नेप्सेले जनाएको छ।

‘सीड‍ीएस एण्ड क्लियरिङ लिमिटेडको पत्रमार्फत तोकिएको समयावधिभित्र राफसाफ तथा फर्स्योट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भइ आएकोले यस लिको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१). छ बमोजिम ३(तीन) कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ नेप्सेले भनेको छ।

योसँगै ब्रोकरको सेयर कारोबार अब मंगलबारदेखि मात्रै फुकुवा हुनेछ। ब्रोकर निलम्बनमा पर्दा कारोबार खाता भएका लगानीकर्ता भने प्रभावित हुनेछन्।