दुसित थानीमा क्रिसमसलाई लक्षित गरी केक मिक्सिङ, विभिन्न क्षेत्रका प्रतिनिधिको जमघट

बिजमाण्डू
२०८३ कात्तिक ३० गते १५:५६ | Nov 16, 2026
दुसित थानीमा क्रिसमसलाई लक्षित गरी केक मिक्सिङ, विभिन्न क्षेत्रका प्रतिनिधिको जमघट

काठमाडौं। क्रिसमसलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्टले परम्परागत केक मिक्सिङ कार्यक्रम गरेको छ।

GBIME
Tata

क्रिसमसको पुरानो परम्परालाई नयाँ अनुभवसँग जोड्दै आइतबार आयोजना गरिएको कार्यक्रममा कर्पोरेट क्षेत्रका प्रतिनिधि, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन्।

केक मिक्सिङ क्रिसमसअघि गरिने एक परम्परागत गतिविधि हो। यसमा विभिन्न प्रकारका ड्राइ फ्रुट्स, नट्स र अन्य सामग्रीलाई जुससँग मिसाएर क्रिसमस केक तयार गरिन्छ। क्रिसमसको केही साताअघि नै गरिने यस्तो अभ्यासले पर्वको तयारीलाई थप विशेष बनाउँछ।

कार्यक्रमले होटलको आतिथ्य संस्कृतिलाई प्रवर्धन गर्नुका साथै कर्पोरेट क्षेत्र र विभिन्न समुदायबीच सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याएको होटलका महाप्रबन्धक अंकित शर्माले बताए।

‘हामीले दुसित थानीमा पहिलोपटक केक मिक्सिङ कार्यक्रम गरेका हौं। यो प्रि-क्रिसमसको परम्परा हो,’ शर्माले भने, ‘हामीलाई केक मिक्सिङमा सबै क्षेत्रका व्यक्तिले साथ दिनु भएको छ। यसले कार्यक्रम केक मिक्सिङमा मात्र सीमित नभइ नेटवर्किङ र सम्बन्ध विस्तारमा पनि उपयोग भएको छ।’