मुद्दती निक्षेपको ब्याजदर १४ वटा बैंकमा यथावत, चारवटाले मंसिरदेखि लागू हुने गरी घटाए

बिजमाण्डू
२०८३ कात्तिक ३० गते ११:३६ | Nov 16, 2026
मुद्दती निक्षेपको ब्याजदर १४ वटा बैंकमा यथावत, चारवटाले मंसिरदेखि लागू हुने गरी घटाए

काठमाडौं। अधिकांश बैंकले निक्षेपको ब्याजदर यथावत राखेका छन्। वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटाले कात्तिक महिनाको ब्याजदरलाई निरन्तरता दिएका हुन्।

GBIME
Tata

चारवटा बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। एनएमबि, कुमारी, स्टान्डर्ड चार्टर्ड, कृषि विकास र माछापुच्छ्रे बैंकले मंसिरका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।

अधिक तरलताका कारण निक्षेपको औसत ब्याजदर अहिले ३ प्रतिशत वरिपरि छ। २०८० मंसिरमा निक्षेपको औसत ब्याजदर दोहोरो अंक नजिक थियो।

क्र.सं.वाणिज्य बैंकमंसिरकात्तिकफरक
१सानिमा४.५४.५०
२नेपाल४.१५४.१५०
३एभरेष्ट३.७५३.७५०
४लक्ष्मी सनराइज४३.७५-०.२५
५हिमालयन४४०
६एनएमबि४.५४.२५-०.२५
७सिद्धार्थ३.७६३.७६०
८माछापुच्छ्रे४.५३.५-१
९नेपाल इन्भेष्टमेन्ट मेगा३.७३.७०
१०एनआइसी४४०
११राष्ट्रिय वाणिज्य४४०
१२कुमारी३.७३.६१-०.०९
१३स्टान्डर्ड चार्टर्ड३.७३.६५-०.०५
१४कृषि विकास४.१५३.६५-०.५
१५नबिल३.७५३.७५०
१६सिटिजन्स३.८५३.८५०
१७नेपाल एसबिआई४४०
१८प्राइम कमर्सियल४४०
१९ग्लोबल आइएमई४४०
२०प्रभु४.२५४.२५०
स्रोत : बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको विवरण