वैकल्पिक विकास वित्त कोषको सीइओ खोजीमा अर्थ मन्त्रालय, भोलि आवेदन खुलाइँदै

बिजमाण्डू
२०८३ असोज १५ गते १७:५७ | Oct 1, 2026
वैकल्पिक विकास वित्त कोषको सीइओ खोजीमा अर्थ मन्त्रालय, भोलि आवेदन खुलाइँदै


काठमाडौं। अर्थ मन्त्रालय वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ)को खोजीमा लागेको छ। यसका लागि शुक्रबार सार्वजनिक रुपमा आवेदन खुलाउने तयारी भएको छ।

Vigo
GBIME
Tata

सीइओमा आवेदन दिनका लागि ३५ वर्ष उमेर पूरा भइ ६५ वर्ष नकटेको हुनुपर्नेछ। अर्थशास्त्र, वाणिज्यशास्त्र, विकास प्रशासन, इन्जिनियरिङ लगायतमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्नेछ।

त्यसैगरी पूर्वाधार, बैंक तथा वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन, अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ।

सरकारले पूर्वाधार आयोजनामा निजी क्षेत्रको समेत लगानी जुटाउनका लागि वैकल्पिक वित्त कोषको अवधारणा ल्याएको हो। वैकल्पिक वित्त परिचालन सम्बन्धी कानुन गत असारमा बनाइएको हो।

अहिले मन्त्रालयकी सहसचिव कविता रेग्मीले कोषको सीइओका रुपमा काम गरिरहेकी छन्। कोष सञ्चालक समितिका अध्यक्ष अर्थ मन्त्रालयका सचिव हुन्।