अतिरिक्त समूहमा राखिएका १० उपसचिवले पाए नयाँ जिम्मेवारी, १७ जनाको सरुवामा को कहाँ?

बिजमाण्डू
२०८३ असोज १५ गते १६:११ | Oct 1, 2026
अतिरिक्त समूहमा राखिएका १० उपसचिवले पाए नयाँ जिम्मेवारी, १७ जनाको सरुवामा को कहाँ?
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गरिएको सरुवामा मन्त्रालयको अतिरिक्त समूहमा राखिएका १० जना उपसचिवले नयाँ जिम्मेवारी पाएका छन्।

Vigo
GBIME
Tata

१० मध्ये ५ जनालाई विभिन्न नगरपालिका तथा ५ जनालाई मालपोत कार्यालयमा पठाइएको छ।

अतिरिक्त समूहमा राखिएका रविन्द्रप्रसाद यादवलाई महोत्तरी मालपोत, रोहित भट्टराईलाई सप्तरी मालपोत, अच्युत दाहाललाई लेटाङ नगरपालिका, कृष्णप्रसाद गौतमलाई कमलामाई नगरपालिका, प्रशान्त शाहलाई बारा मालपोत, बाचस्पति सुनुवारलाई खैरुहनी मालपोत, अनामिका रौनियारलाई सर्लाही मालपोत, अन्जली लिम्बुलाई भंगाहा नगरपालिका, मनबहादुर थापालाई दशरथ चन्द नगरपालिका र अन्जु चौधरीलाई पाटन नगरपालिका पठाइएको हो।

यसबाहेक विभिन्न स्थानीय तह र मालपोत कार्यालयमा कार्यरत ७ जना सहसचिव पनि सरुवामा परेका छन्।

लेटाङ नगरपालिकाका शशी राईलाई शंखरापुर नगरपालिका, दशरथ चन्द नगरपालिकाका केशवराज सुवेदीलाई मध्यनेपाल नगरपालिका, मध्य नेपाल नगरपालिकाका हरिराम नागिलालाई गृह मन्त्रालय, सप्तरी मालपोतका लक्ष्मीप्रसाद खरेललाई दमक मालपोत तथा मन्थली नगरपालिकाकी नमिता रेग्मी र जिल्ला समन्वय समिति धनकुटाका हरिप्रसाद अधिकारीलाई महिला मन्त्रालयमा सरुवा गरिएको छ।

नमिताको ठाउँमा संघीय मामिसला मन्त्रालयका मनोज अधिकारीलाई पठाइएको छ।