काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रातिदेखि चालु संसद अधिवेश अन्त्य गरेका छन्।
सरकारको सिफारिसमा पौडेलले असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।
सरकारले आजमात्रै संसदमा संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दर्ता गरेको छ।










