काठमाडौं। ललितपुरको धापाखेलमा एउटा अढाइ तले घर ढलेको छ। भिरालो जमिनमा रहेको घर ढलेको हो।
ललितपुर महानगरपालिका-२४ धापाखेलमा रहेको सोवितकुमार थापाको घर सोमबार बिहान ढलेको ललितपुर प्रहरी वृत्तले जनाएको छ।
लगातारको वर्षासँगै उच्च जोखिम देखिएपछि घरधनीलाई आइतबार नै खाली गर्न आग्रह गरिएको थियो। घर खाली भएकाले मानवीय क्षति भएको छैन। घर जगबाटै ढलेको छ।
लगातारको वर्षासँगै पाखा गलेर पहिरो जाने अवस्था छ। भिरालोमा बनाइएको उक्त घर त्यही कारण ढलेको प्रहरीले जनाएको छ।











