काठमाडौं। बाढी प्रभावितको पुनर्स्थापनाका लागि ऊर्जा सम्बद्ध तीन संस्थाले सरकारलाई २ करवड १२ लाख रुपैयाँ सहयोग गरेका छन्।
विद्युत् नियमन आयोगले १ करोड, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले १ करोड १ लाख र ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।
आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक बुधबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।
विराजभक्तले मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का तर्फबाट १३ करोड रुपैयाँको चेक बुझेका थिए।










