काठमाडौं। मुक्तिनाथ विकास बैंकले ढुवानीका लागि आवश्यक पर्ने गाडी खरिद गर्न ऋण लगानी गर्ने भएको छ।
बैंकले ढुवानी व्यवसायी महासंघ नेपालका सदस्यलाई कुनै पनि ब्राण्डका गाडी खरिद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने कर्जा लगानी गर्ने भएको हो।
यस सम्बन्धमा बैंक र महासंघबीच समझदारी भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यले ढुवानीका लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सो सम्बन्धी व्यवसाय संचालनका लागि आफ्ना १७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।










