भोटेकोशी बाढीमा हालसम्म १ हजार १ सय २७ जनाको शव फेला, हजारौँ अझै बेपत्ता



बिजमाण्डू
२०८३ भदौ १७ गते ०७:१५ | Sep 2, 2026
भोटेकोशी बाढीमा हालसम्म १ हजार १ सय २७ जनाको शव फेला, हजारौँ अझै बेपत्ता


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। बुधबार बिहान ५ बजेसम्मको विवरणअनुसार अझै ४ हजार ८ सय ५८ जना बेपत्ता छन्।

Vigo
GBIME
Tata

फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५ र धादिङमा ५९ जना छन्। यस्तै, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको शवजाँच मुचुल्का सकिएको छ। हालसम्म ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका ९११ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। शवको पहिचान र आफन्तसम्म पुर्‍याउने प्रक्रिया जारी छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालन गरिएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५ सय ४१ जनाको उद्धार गरेको छ।

प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम पनि गरिरहेको छ। स्थानीयवासी र विभिन्न निकायसँग समन्वय गरी खोजी, उद्धार तथा सडक अवरोध हटाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।