काठमाडौं। सिटिजन्स लाइफ इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनी सचिव दीपबहादुर बिसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
अध्यक्ष पाण्डेले देशलाई संकट परेका बेला सहयोग गर्नु आफू र आफ्नो कम्पनीको कर्तव्य भएको बताए। ‘संकटका बेलामा सरकारको साथमा निजी क्षेत्र रहन्छ। यो विपत्तिबाट निस्किनका लागि सबैले उच्च मनोबल बनाउनैपर्छ,’ उनले भने, ‘उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सरकारी निकायसम्मको मनोबल उच्च बनाउन पनि सबैले सकारात्मक भूमिका निभाउनुपर्छ। यो राज्यसँगै नागरिकको समेत दायित्व हो।’










