काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारी संगठनले बाढी पीडितलाई सहयोग गरेका छन्।
प्राधिकरण कर्मचारी संगठनले रसुवा, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित स्थानीयलाई सहयोग स्वरुप १ लाख १ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट,धादिङमा ठूलो मानविय र भौतिक क्षति गरेको छ।










