निर्जीवन बीमा कम्पनीको नाफा ३९.२१% घट्यो, एक वर्षमा २ अर्ब ७९ करोड आम्दानी



बिजमाण्डू
२०८३ साउन ३१ गते १४:१० | Aug 16, 2026
निर्जीवन बीमा कम्पनीको नाफा ३९.२१% घट्यो, एक वर्षमा २ अर्ब ७९ करोड आम्दानी


काठमाडौं। निर्जीवन बीमा कम्पनीको नाफा ३९.२१ प्रतिशतले घटेको छ। कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका छन्।

Tata
GBIME

कम्पनीहरूले २०८१/८२ मा ४ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। ११ कम्पनीको नाफा घटेको छ। प्रभु इन्स्योरेन्सले १९.७१ प्रतिशत नाफा वृद्धि गरेको छ। नेसनल इन्स्योरेन्स १३ करोड रुपैयाँ नोक्सानीमा छ।

ओरियन्टल इन्स्योरेन्सले सबैभन्दा धेरै ४९ करोड रुपैयाँ नाफा कमाएको छ। कम्पनी अघिल्लो वर्ष ११ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा थियो।

बैंकहरूको ब्याजदर घट्दा कम्पनीको नाफामा धक्का लागेको हो। इन्स्योरेन्स कम्पनीको अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा रहेकामा ब्याजदर घट्दा नाफा प्रभावित भएको छ।

निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको नाफा हजारमा

कम्पनी२०८२/८३२०८१/८२फरक %
ओरियन्टल इन्स्योरेन्स४,९०,४५३-१,१७,६४७
सलिको३७,५६,४६५,५८,५६६-३२.७५
राष्ट्रिय बीमा कम्पनी३,४४,४३७४,२७,६४२-१९.४६
हिमालयन एभरेष्ट३,३७,८८५५,३२,३३५-३६.५३
सिद्धार्थ प्रिमियर३,२६,८५२७,५५,७९८-५६.७५
नेको इन्स्योरेन्स२,८८,३२१५,७८,८४५-५०.१९
प्रभु इन्स्योरेन्स२,४६,४४३२,०५,८६०१९.७१
शिखर १,३०,०८९४,५२,०१०-७१.२२
सानिमा जिआइसी१,३०,०३९३,३६,७८३-६१.३९
नेपाल इन्स्योरेन्स१,२७,५५०३,१६,४५९-५९.६९
युनाइटेड अजोड६३,०९९१,७८,००१-६४.५५
एनएजली इन्स्योरेन्स ५,७,८१२१,५३,३८८-६२.३१
आइजीआइ प्रुडेन्सियल४०,३८३,६४,९७४-९८.८९
नेसनल इन्स्योरेन्स-१,३१,०७५-१,५०,७४०
कुल२७,९१,५८९४५,९२,२७४-३९.२१
स्रोत:कम्पनीको ब्यालेन्स सिट