काठमाडौं। निर्जीवन बीमा कम्पनीको नाफा ३९.२१ प्रतिशतले घटेको छ। कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका छन्।
कम्पनीहरूले २०८१/८२ मा ४ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। ११ कम्पनीको नाफा घटेको छ। प्रभु इन्स्योरेन्सले १९.७१ प्रतिशत नाफा वृद्धि गरेको छ। नेसनल इन्स्योरेन्स १३ करोड रुपैयाँ नोक्सानीमा छ।
ओरियन्टल इन्स्योरेन्सले सबैभन्दा धेरै ४९ करोड रुपैयाँ नाफा कमाएको छ। कम्पनी अघिल्लो वर्ष ११ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा थियो।
बैंकहरूको ब्याजदर घट्दा कम्पनीको नाफामा धक्का लागेको हो। इन्स्योरेन्स कम्पनीको अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा रहेकामा ब्याजदर घट्दा नाफा प्रभावित भएको छ।
निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको नाफा हजारमा
| कम्पनी | २०८२/८३ | २०८१/८२ | फरक % |
| ओरियन्टल इन्स्योरेन्स | ४,९०,४५३ | -१,१७,६४७ | – |
| सलिको | ३७,५६,४६ | ५,५८,५६६ | -३२.७५ |
| राष्ट्रिय बीमा कम्पनी | ३,४४,४३७ | ४,२७,६४२ | -१९.४६ |
| हिमालयन एभरेष्ट | ३,३७,८८५ | ५,३२,३३५ | -३६.५३ |
| सिद्धार्थ प्रिमियर | ३,२६,८५२ | ७,५५,७९८ | -५६.७५ |
| नेको इन्स्योरेन्स | २,८८,३२१ | ५,७८,८४५ | -५०.१९ |
| प्रभु इन्स्योरेन्स | २,४६,४४३ | २,०५,८६० | १९.७१ |
| शिखर | १,३०,०८९ | ४,५२,०१० | -७१.२२ |
| सानिमा जिआइसी | १,३०,०३९ | ३,३६,७८३ | -६१.३९ |
| नेपाल इन्स्योरेन्स | १,२७,५५० | ३,१६,४५९ | -५९.६९ |
| युनाइटेड अजोड | ६३,०९९ | १,७८,००१ | -६४.५५ |
| एनएजली इन्स्योरेन्स | ५,७,८१२ | १,५३,३८८ | -६२.३१ |
| आइजीआइ प्रुडेन्सियल | ४०,३८ | ३,६४,९७४ | -९८.८९ |
| नेसनल इन्स्योरेन्स | -१,३१,०७५ | -१,५०,७४० | |
| कुल | २७,९१,५८९ | ४५,९२,२७४ | -३९.२१ |