काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत कम हो।
इन्स्योरेन्सले अघिल्लो वर्ष ५४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेको छ।
गत वर्ष इन्स्योरेन्सले ५३ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको वित्तीय विवरण (रुपैयाँ)
| सूचक | २०८२/८३ | २०८१/८२ | फरक % |
| खुद बीमा शुल्क आर्जन | ५३,४५३,९८९,०८८ | ४७,६६७,०९३,४४७ | १२.१४ |
| कुल आम्दानी | ७४,३३६,५०४,६२२ | ६,८३०,८४५८,८६५ | ८.८२ |
| कमिसन खर्च | ४,१२४,९५९,३१७ | ३,६६६,८५२,६५६ | १२.४९ |
| वित्तीय लागत | ९९,८११,०१३ | ३९,३३४,९२६ | १५३.७५ |
| खुद नाफा | ४६५,४५०,३५५ | ५४७,६८५,८७७ | -१५.०२ |
| प्रति सेयर आम्दानी | ४.९१ | ६.०७ | -१९.११ |
| प्रति सेयर नेटवर्थ | १२६.०७ | १३६.७५ | -७.८१ |









