BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रति सेयर आम्दानी ४.९१ रुपैयाँ

२०८३ साउन २८

नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रति सेयर आम्दानी ४.९१ रुपैयाँ
नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रति सेयर आम्दानी ४.९१ रुपैयाँ


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत कम हो।

Tata
GBIME

इन्स्योरेन्सले अघिल्लो वर्ष ५४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेको छ।

गत वर्ष इन्स्योरेन्सले ५३ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको वित्तीय विवरण (रुपैयाँ)

सूचक२०८२/८३२०८१/८२फरक %
खुद बीमा शुल्क आर्जन५३,४५३,९८९,०८८४७,६६७,०९३,४४७१२.१४
कुल आम्दानी७४,३३६,५०४,६२२६,८३०,८४५८,८६५८.८२
कमिसन खर्च४,१२४,९५९,३१७३,६६६,८५२,६५६१२.४९
वित्तीय लागत९९,८११,०१३३९,३३४,९२६१५३.७५
खुद नाफा४६५,४५०,३५५५४७,६८५,८७७-१५.०२
प्रति सेयर आम्दानी४.९१६.०७-१९.११
प्रति सेयर नेटवर्थ१२६.०७१३६.७५-७.८१