आज प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले अर्थसम्बन्धी विधेयक समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने



बिजमाण्डू
२०८३ साउन १४ गते ०७:२५ | Jul 30, 2026
आज प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले अर्थसम्बन्धी विधेयक समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने
डा. स्वर्णिम वाग्ले। फाइल तस्वीर


काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ।

Tata
GBIME

बिहीबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध : नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ। रासस