विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी विभागका महानिर्देशक, समितिमा दाहाल



बिजमाण्डू
२०८३ साउन १३ गते १७:४६ | Jul 29, 2026
विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी विभागका महानिर्देशक, समितिमा दाहाल


काठमाडौं। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोकेको छ।

Tata
GBIME

बुधबार बसेको बैठकले विभागका महानिर्देशक वा निजले सिफारिस गरेका अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको हो।

बैठकले भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको प्रस्तावमा सिन्धुलीका खेट राज दाहाललाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य नियुक्त गरेको छ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावलीमा छैटौं संशोधन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।