प्रतिनिधि सभाको बैठक दुई सातापछि बस्न लाग्दा बालेनसँग सभामुख अर्यालको भेटवार्ता



बिजमाण्डू
२०८३ साउन १३ गते १५:५९ | Jul 29, 2026
प्रतिनिधि सभाको बैठक दुई सातापछि बस्न लाग्दा बालेनसँग सभामुख अर्यालको भेटवार्ता
बालेन्द्र शाह र डीपी अर्याल। फाइल तस्वीर


काठमाडौं। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

Tata
GBIME

दुई साता लामो समयपछि प्रतिनिधि सभाको बैठक बस्न लागेको अवस्थामा सभामुख अर्यालले बुधबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

प्रतिनिधि सभाको बैठक असार ३१ गतेपछि बिहीबार बिहान ११ बजे बस्दैछ। सभामुख अर्यालले मंगलबार राखेको बैठकमा विपक्षी दलका सचेतकहरुले ‘नेपालले भारतको भूमि मिचेको रहेछ’ भन्ने विवादास्पद अभिव्यक्तिमा प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्‍याएका थिए।

यसबाहेक विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसद्को नियमावलीअनुसार प्रश्नोत्तरका लागि सहमत गराउन पनि सभामुख अर्यालको ध्यानाकर्षण गराएका थिए।