दीपक भट्ट र जयवीर देउवाको कम्पनीबीच कारोबार, ‘२ करोड ६० लाख दिएको भेटियो’



बिजमाण्डू
२०८३ साउन १ गते १३:२८ | Jul 17, 2026
दीपक भट्ट र जयवीर देउवाको कम्पनीबीच कारोबार, ‘२ करोड ६० लाख दिएको भेटियो’
दीपक भट्ट


काठमाडौं। बिचौलिया दीपक भट्टको कम्पनीबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको कम्पनीमा रकम गएको देखिएको छ।

Tata
GBIME

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा भट्टको कम्पनीबाट जयवीरको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ गएको देखिएको हो।

भट्टको हिमालयन एसेट म्यानेजमेन्ट कम्पनीबाट जयवीरको लगानी रहेका डिजी हब र स्केलर इन्टरनेसन कम्पनीमा रकम गएको देखिएको अनुसन्धानमा संलग्न एक कर्मचारीले बताए।

‘भट्टको व्यावसायिक कारोबारको अनुसन्धान गर्ने क्रममा उनको कम्पनीबाट जयवीरको कम्पनीमा समेत पैसा पठाएको देखियो। त्यही कारण हामीले जयवीरमाथि पनि अनुसन्धान गर्न लागेका हौं,’ ती कर्मचारीले भने।

विभागले जयवीरलाई सात दिनभित्र उपस्थित हुन असार २३ गते सूचना जारी गरेकामा उनी अहिलेसम्म हाजिर भएका छैनन्। विभागले बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा जयवीरको कम्पनीमा गएको रकमबारे थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

जयवीर लामो समयदेखि देश बाहिर छन्। उनका बाबु शेरबहादुर र आमा आरजु राणा पनि फागुन दोस्रो सातादेखि देशमा छैनन्।