सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलामा १ हजार २०० घट्दा चाँदी १५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ असार ३० गते ११:२७ | Jul 14, 2026
सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलामा १ हजार २०० घट्दा चाँदी १५ रुपैयाँ सस्तियो


काठमाडौं। सुनचाँदीको कारोबार मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबारका तुलनामा २ हजार ८ सय रुपैयाँ घट्दै सोमबार तोलाको २ लाख ८५ हजार रुपैयाँ भएको थियो। आइतबार सुन प्रति तोला २ लाख ८८ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेर मंगलबार प्रति तोला ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। सोमबार तोलाको ४ हजार ३ सय ७५ रुपैयाँ थियो।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ४०२३.३२ डलर र चाँदी प्रति औंस ५७.९७ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४०६४.७ डलर  र चाँदी ५८.३१ डलर थियो।