काठमाडौं। सुनचाँदीको कारोबार मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँ सस्तिएको छ।
मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि आइतबारका तुलनामा २ हजार ८ सय रुपैयाँ घट्दै सोमबार तोलाको २ लाख ८५ हजार रुपैयाँ भएको थियो। आइतबार सुन प्रति तोला २ लाख ८८ हजार रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेर मंगलबार प्रति तोला ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। सोमबार तोलाको ४ हजार ३ सय ७५ रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ४०२३.३२ डलर र चाँदी प्रति औंस ५७.९७ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४०६४.७ डलर र चाँदी ५८.३१ डलर थियो।