प्रहरीले भन्यो – ‘अख्तियारका प्रहरीको सरुवा कुनै अनुसन्धान र उजुरीका कारण होइन’



बिजमाण्डू
२०८३ असार २५ गते १४:५२ | Jul 9, 2026
प्रहरीले भन्यो – ‘अख्तियारका प्रहरीको सरुवा कुनै अनुसन्धान र उजुरीका कारण होइन’


काठमाडौं। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकैचोटि ठूलो संख्यामा भएको प्रहरीको सरुवा नियमति प्रक्रियामा भएको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार विज्ञप्ति जारी गर्दै असार १८ र १९ गते प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रानुसार सम्बन्धित प्रहरी अधिकृतहरूको काज/सरुवा नियमित प्रशासनिक कार्य तथा प्रचलित कानुनी व्यवस्था भएको उल्लेख गरेको छ।

सरुवा कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई नियमित कर्मचारी व्यवस्थापनको सिलसिलामा सम्पन्न गरिएको नियमित प्रशासनिक प्रक्रिया दाबी गरेको छ। डीआइजीदेखि १८ जना प्रहरीको सरुवा भएको थियो।

राहदानी ठेक्का प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरीको सरुवा गरिएको केही सञ्चार माध्यममा आएपछि प्रहरीले खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो।