एफएटीएफले नेपाललाई ग्रे-लिस्टबाट हटाउन मानेन, स्तरोन्नतिका लागि दियो यस्ता सुझाव



बिजमाण्डू
२०८३ असार ८ गते १२:४९ | Jun 22, 2026
एफएटीएफले नेपाललाई ग्रे-लिस्टबाट हटाउन मानेन, स्तरोन्नतिका लागि दियो यस्ता सुझाव

काठमाडौं। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे-लिस्टबाट नेपाल यसपटक पनि स्तरोन्नति हुन सकेन। जुन १९ अर्थात असार ५ गते फ्रान्सको पेरिसमा भएको रिभ्यू बैठकले नेपाललाई पुन: पुरानै सूचीमा निरन्तरता दिएको हो।

Tata
GBIME
Nepal Life

२०८१ फागुनमा ग्रे-लिस्टमा परेलगत्तै नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी प्रतिरोध प्रणालीमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको थियो।

तर नेपालले शंकास्पद वित्तीय लगानी र अनुसन्धानमा केही काम गर्न बाँकी रहेको भन्दै एफएटीएफले ग्रे लिस्टबाट स्तरोन्नति गरेन।

नेपालले आफ्ना रणनीतिक कमजोरीहरूलाई सम्बोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिममा सुधार गर्नुपर्ने एफएटीएफको सुझाव छ।

त्यस्तै वाणिज्य बैंक, उच्च-जोखिमयुक्त सहकारी, क्यासिनो, बहूमूल्य धातु तथा पत्थर व्यवसायी र घरजग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षणमा सुधार गर्नुपर्ने भनिएको छ।

नेपालमा हुण्डीको कारोबार पनि ठूलो रहेको हुनाले यसमा कडा कदम चाल्न एफएटीएफले सुझाव दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने निकायलाई सक्षम बनाउनुपर्ने, सम्पत्ति शुद्धीकरणको अनुसन्धान र अभियोजनलाई प्रमाणित गर्नुपर्ने पनि उसको भनाइ छ।

नेपालसँगै एंगोला, बोलिभिया, क्यामरुन, नामिबिया, सिरिया, सुडान, भेनेजुयला लगायत मुलुक यो सूचीमा छन्।