काठमाडौं। नेपाल रि-इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन्।
कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि कम्पनीका सीइओ सुरेन्द्र थापा निलम्बनमा परेका थिए।










