नेपाल रिका सीइओको जागिर गयो, हिमालयनल रि पनि खाली, सम्पत्ति शुद्धीकरणमा क-कसो जागिर गयो?



बिजमाण्डू
२०८३ जेठ २९ गते ११:३७ | Jun 12, 2026
नेपाल रिका सीइओको जागिर गयो, हिमालयनल रि पनि खाली, सम्पत्ति शुद्धीकरणमा क-कसो जागिर गयो?


काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्सदेखि आधा दर्जनभन्दा बढी इन्स्योरेन्स कम्पनीका संचालक र प्रमुख कार्यकारीहरूको जागिर गएको छ।

Vigo
GBIME
Tata

विभागले मुद्दा दायर गरेपछि आरोपितहरू निलम्बनमा पर्ने छन्। उनीहरूले सफाइ पाएर नियामक र संचालक समितिले स्वीकार गरेमा मात्र पदमा फर्किने संभावना रहन्छ।

दीपक भट्ट र सुलभ अग्रवालले बुनेको सबैभन्दा ठूलो वित्तीय अपराधको जालोमा परेका बीमा कम्पनीका संचालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जागिर गएको हो। सूचीकृत कम्पनीमा संचालक र व्यवस्थापनमा रहेकाहरूको पनि जागिर गएको छ।

नेपाल रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाका साथै हिमालयन रि इन्स्योरेन्सकी उपाशना पौडेलको पनि जागिर गएको छ। उपाशना दिल्ली हुँदै अमेरिका फरार भइसकेकी छिन्।

लिवर्टी माइक्रोमा रामकुमार यादव, क्रेस्ट माइक्रोका प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका चिरायू भण्डारीसम्मको जागिर गएको छ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा वहालवाला सहसचिव मदन दाहाल निलम्बनमा पर्ने छन्। पूर्वअध्यक्ष भएका शरद ओझामाथि पनि मुद्दा दायर भएको छ। उनी सबै खाले सरकारी तथा सूचीकृत कम्पनीका लागि अयोग्य भएका छन्।