सुनको मूल्य लगातार चौथो दिन घट्यो, तोलामा ९०० रुपैयाँ सस्तिंदा बढ्यो चाँदीको भाउ

बिजमाण्डू
२०८३ जेठ २५ गते ११:२० | Jun 8, 2026
सुनको मूल्य लगातार चौथो दिन घट्यो, तोलामा ९०० रुपैयाँ सस्तिंदा बढ्यो चाँदीको भाउ


काठमाडौं। सुनको मूल्य लगातार चौथो दिन घटेको छ। सुनको मूल्य सोमबार प्रति तोला ९०० रुपैयाँ घटेर तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँमा आइपुगेको छ।

GBIME
Tata

सुन आइतबार तोलामा ८ हजार २०० रुपैयाँले सस्तिएको थियो। जेठ २० गते तोलामा ३ लाख ११ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ त्यसयता लगातार घटिरहेको छ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ सोमबार प्रति तोला ४ हजार ९०५ रुपैयाँ निर्धारण भएको छ।