उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान



बिजमाण्डू
२०८३ बैशाख ४ गते ०६:४१ | Apr 17, 2026
उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान

काठमाडौं । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही बैशाख १० गतेसम्म समय सीमा तोकेको हो।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा सहभागी हुन बीउ उत्पादक तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गरेका हुन्। कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागद्वारा उन्नत बीउबिजन उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइँदै आएको छ।

अनुमति प्राप्त स्रोत बीउ उत्पादकका हकमा मोटो/मध्यम प्रकृतिका जातका लागि प्रतिकेजी २० रुपैयाँ, मसिनो प्रकृतिका जातका लागि प्रतिकेजी २३ रुपैयाँ र खुमल शृङ्खलाका जातका हकमा प्रतिकेजी ३४ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने विभागले जनाएको छ।

महानिर्देशक सञ्जेलका अनुसार उन्नत बीउ उत्पादकका हकमा मोटो/मध्यम प्रकृतिका जातहरूका लागि प्रतिकेजी १७ रुपैयाँ, मसिनो प्रकृतिका जातहरूका लागि प्रतिकेजी २२ रुपैयाँ र खुमल शृङ्खलाका जातहरूका हकमा प्रतिकेजी ३० रुपैयाँ अनुदान रकम उपलब्ध गराइने छ।

उन्नत बीउ प्रयोगमा किसानलाई अनुदानका हकमा सबै जातका धानमा कार्यविधिबमोजिम तोकिएको मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराउने विभागले जनाएको छ। रासस