सवारी लाइसेन्स अब दुई दिनमै, वर्षौंदेखि पालोमा बसेका २९ लाखले पनि असारसम्म पाउने



बिजमाण्डू
२०८२ चैत्र २३ गते १८:३५ | Apr 6, 2026
सवारी लाइसेन्स अब दुई दिनमै, वर्षौंदेखि पालोमा बसेका २९ लाखले पनि असारसम्म पाउने

काठमाडौं। सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) ४८ घण्टाभित्र दिने गरी काम थालेको बताएको छ।

Tata
GBIME
Nepal Life

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आवेदकलाई यातायात व्यवस्था विभागबाट तथ्यांक प्राप्त भएको २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमा छपाई गरी लाइसेन्स हस्तान्तरण गरिने व्यवस्था सुरु गरेको बताएको हो।

यसअघि आवेदन दिएर वर्षौंदेखि कुरिरहेका करिब २९ लाख नागरिकको लाइसेन्स पनि आगामी असार मसान्तसम्म छपाई गरिसक्ने मन्त्रालयले बताएको छ।

सुरक्षण मुद्रण केन्द्रमा गत कात्तिक २१ लाइसेन्स छपाई गर्न सुरु गरिएको थियो।

मन्त्रालयले नागरिकमैत्री, छरितो र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहलाई सुनिश्चित गर्न प्राथमिकताका १० कार्यक्रम स्वीकृत गरेको छ।

जस अनुसार नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी लाइसेन्स लगायत सरकारी सेवालाई अन्तरआबद्ध गरी ४५ दिनभित्र एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार नागरिक एपमार्फत प्रहरी प्रतिवेदन प्राप्त गर्ने प्रणाली कार्यान्वयनमा आइसकेको छ।