नेप्सेमा प्राइम कर्सियल बैंकसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो?



बिजमाण्डू
२०८२ चैत्र १७ गते १६:४६ | Mar 31, 2026
नेप्सेमा प्राइम कर्सियल बैंकसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो?


काठमाडौं। नेप्सेमा विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

Vigo
GBIME
Tata

अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला विकास बैंक र समता घरेलु लघुवित्तको बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो।

अरुण भ्याली हाइड्रोपावरको १९ लाख २४ हजार १ कित्ता बोनस सेयर थपिएको छ। हाइड्रोपावरले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

महालक्ष्मी विकास बैंकको २१ लाख ४८ हजार २२९ कित्ता सेयर सूचीकृत भएको हो। महालक्ष्मीले पोहोरको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

महुली लघुवित्तको १ लाख ७५ हजार ७१३ कित्ता सेयर नेप्सेमा थपिएको छ। लघुवित्तले गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, प्राइम कर्सियल बैंकको १ करोड ५५ लाख २२ हजार ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। प्राइम कमर्सियलले पोहोरको मुनाफाबाट लगानीकर्तामलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७ कित्ता सेयर सूचीकृत भएको छ। बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

समता घरेलु लघुवित्तको ३ लाख १४ हजार ५२५ कित्ता सेयर नेप्सेमा थपिएको छ। लघुवित्तले सेयरधनीलाई पोहोरको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।