नेप्सेमा ४ कम्पनीको ५६.८२ लाख कित्ता बोनस सेयर सूचीकृत, दोस्रो बजारमा कसको कति?



बिजमाण्डू
२०८२ चैत्र १६ गते १५:५५ | Mar 30, 2026
नेप्सेमा ४ कम्पनीको ५६.८२ लाख कित्ता बोनस सेयर सूचीकृत, दोस्रो बजारमा कसको कति?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनएलजी इन्स्योरेन्स र युनिभर्सल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।

Vigo
GBIME
Tata

प्रभु महालक्ष्मी लाइफको २० लाख ४१ हजार ४५९ कित्ता सेयर नेप्सेमा थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ५ लाख ६४ हजार ९०० कित्ता सेयर सूचीकृत भएको छ। हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

यस्तै, युनिभर्सल पावरको २० लाख ५१ हजार ९३६ कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीको सूचीकृत बोनस सेयर मंगलबारदेखि कारोबारमा आउनेछ।