हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने, बोर्डबाट निर्णय



बिजमाण्डू
२०८२ चैत्र १६ गते १२:२२ | Mar 30, 2026
हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने, बोर्डबाट निर्णय


काठमाडौं। हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर साधारण सेयरमा परिणत गरिने भएको छ।

Tata
GBIME

बैंक संचालक समितिको आइतबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको हो।

हाल कायम रहेको पुँजीका आधारमा १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्नका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको बैंकले जनाएको छ। हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड रुपैयाँ छ।

नियामक निकायको स्वीकृति पश्चात बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछ।