आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई मुनाफाबाट १५ प्रतिशत प्रतिफल



बिजमाण्डू
२०८२ चैत्र १२ गते ११:४२ | Mar 26, 2026
आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई मुनाफाबाट १५ प्रतिशत प्रतिफल


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गरेको छ। लघुवित्त सञ्चालक समितिले बुधबार सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत प्रतिफल पाउनेछन्। चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने १ करोड ११ लाख ६३ हजार ९१७ रुपैयाँ बराबरको बोनस सेयर उनीहरुले पाउनेछन्।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनलाई लघुवित्तले ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लघुवित्तको अहिले ७ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी छ।

लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले वैशाख ७ गते साधारण सभा बोलाएको छ। साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

लघुवित्तले आव २०८०/८१ मा ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।