मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : ५०० भन्दा बढी विद्यार्थी लाभान्वित



बिजमाण्डू
२०८२ चैत्र ९ गते १०:४८ | Mar 23, 2026
मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : ५०० भन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण गरेको हो। आफूले सहयोग गरेको झोला बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने बैंकले बताएको छ।

बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायत जिल्लाका ५०० भन्दा बढी बालबालिकालाई झोला प्रदान गरेको छ।