काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो।
बुद्धभूमि नेपालको अहिले ४० करोड रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीका सेयरधनीलाई प्रति कित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता हकप्रदमा आवेदन खुला हुनेछ।
लगानीकर्ताले आफूसँग भएको सेयर अनुपातका आधारमा हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीले फागुन १ गते बुकक्लोज गरेकाले त्यसअघि कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। बिक्री प्रबन्धकका अनुसार हकप्रद सेयरमा २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।










