प्रभु महालक्ष्मी लाइफले १०% संस्थापक सेयर साधारणमा परिवर्तन गर्दै, बोलायो विशेष साधारण सभा



बिजमाण्डू
२०८२ चैत्र ५ गते ११:१५ | Mar 19, 2026
प्रभु महालक्ष्मी लाइफले १०% संस्थापक सेयर साधारणमा परिवर्तन गर्दै, बोलायो विशेष साधारण सभा


काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले सञ्चालक समितिको निर्णय कार्यान्वन गर्न चैत १९ गते विशेष साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि चैत १२ गते बुक क्लोज मिति तोकिएको छ।

५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा अहिले संस्थापक सेयर हिस्सा ८४.६७ प्रतिशत छ।