काठमाडौं। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच सोमबार सूचीकरण सम्झौता भएको हो।
योजनाको २० करोड इकाई नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण समक्ष नेपाल लाइफ क्यापिटल लिमिटेडमार्फत् सामूहिक लगानी कोष इकाई बिक्री गरेको थियो।
नेप्सेमा सूचीकरण भएसँगै मंगलबारदेखि दोस्रो बजारमा इकाई खरिदबिक्री गर्न सकिनेछ।









