सुपर मादी हाइड्रोपावरको नेतृत्व हेरफेर, ढुंगाना बाहिरिएपछि पोखरा महानगरका मेयर आचार्य बने अध्यक्ष



बिजमाण्डू
२०८२ चैत्र २ गते ११:०७ | Mar 16, 2026
सुपर मादी हाइड्रोपावरको नेतृत्व हेरफेर, ढुंगाना बाहिरिएपछि पोखरा महानगरका मेयर आचार्य बने अध्यक्ष

काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सुपर मादी हाइड्रोपावर कम्पनीको अध्यक्ष बनेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि आचार्य अध्यक्ष बनेका हुन्। आचार्य यसअघि कम्पनीको सञ्चालक थिए।

कम्पनीको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले ढुंगाना र अर्की सञ्चालक अरुणा पराजुलीको राजीनामा स्वीकृत गरेको छ। बैठकले बाँकी कार्यकालका लागि दुर्गाप्रसाद उप्रेती र निर्जा राजभण्डारीलाई सञ्चालक नियुक्त गरेको छ।