काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिफल वितरण गरेका आधा दर्जन कम्पनीको १ करोड २३ लाख ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो।
सर्वोत्तम सिमेन्टको २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर थपिएको छ। सर्वोत्तमले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, सिक्लेस हाइड्रोपावरको १२ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा थपिएको छ। हाइड्रोपावरले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत प्रतिफल वितरण गरेको थियो।
छिमेक लघुवित्त वित्तीय संस्थाको ४० लाख १९ हजार १८२ कित्ता सेयर सूचीकृत भएको छ। लघुवित्तले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट १२.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
स्वावलम्बन लघुवित्तको ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर थपिएको छ। लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५.६३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
त्यस्तै स्वरोजगार लघुवित्तको ११ लाख १७ हजार ९२ कित्ता सेयर नेप्सेमा थपिएको छ। लघुवित्तले पोहोरको मुनाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सन नेपाल लाइफ इन्स्योरेन्सको २५ लाख १५ हजार ६१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीलाई पोहोरको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सूचीकृत भएको बोनस सेयर आइबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।









