पाल्पा सिमेन्टको आइपीओ बाँडफाँट, ४ लाख ५० हजार आवेदकले पाए सेयर



बिजमाण्डू
२०८२ फागुन २९ गते ११:०९ | Mar 13, 2026
पाल्पा सिमेन्टको आइपीओ बाँडफाँट, ४ लाख ५० हजार आवेदकले पाए सेयर

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले शुक्रबार बाँडफाँट गरेको हो।

Tata
GBIME
Nepal Life

४ लाख ५० हजार आवेदकले १०/१० कित्ता सेयर पाएका छन्। सिमेन्टको आइपीओमा २४ लाख १३ हजार आवेदन परेकामा २३ लाख ७६ हजार आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

मागभन्दा उच्च आवेदन परेकाले १९ लाख ६३ हजार लगानीकर्ताको हात रित्तो भएको छ। लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्छन्।

पाल्पा सिमेन्टले सर्वसाधारणलाई ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो।

पाल्पा सिमेन्टले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति सेयर आम्दानी ३.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ। कम्पनीका अध्यक्ष राजेशकुमार अग्रवाल हुन्। कम्पनीका उनको सेयर ३६.१२ प्रतिशत छ। त्यस्तै, विष्णुकुमार अग्रवालको पनि ३६.१२ प्रतिशत सेयर स्वामित्व छ।