काठमाडौं । होटल फरेस्ट इनको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बुधबार सूचीकरण सम्झौता भएको हो।
होटलको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृच भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गरेको थियो। सूचीकृत भएको बाँकी ८० प्रतिशत सेयर संस्थापक हो।
होटललाई नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज ९०.६५ रुपैयाँदेखि २७१.९५ सम्म दिएको छ। कम्पनीको पहिलो कारोबार बिहीबारदेखि यही मूल्यमा खुल्नेछ।
होटल फरेस्ट इनमा पूर्वऊर्जामन्त्री दीपक खड्काको लगानी रहेको छ। उनकी श्रीमती कम्पनीको अध्यक्ष छन्।










