घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ४७.८० लाख कित्ता



बिजमाण्डू
२०८२ फागुन १९ गते १५:०९ | Mar 3, 2026
घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ४७.८० लाख कित्ता


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा घोराही सिमेन्ट र हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।

Vigo
GBIME
Tata

घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र २ लाख १२ हजार ६७९ कित्ता बोनस सेयर थपिएको हो।

घोराही सिमेन्टले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

नेप्सेमा सूचीकृत भएको दुवै कम्पनीको बोनस सेयर फागुन २५ गतेदेखि कारोबारमा आउनेछ।