गरिमा क्यापिटलले खुलामुखी म्युचुअल फण्ड गरिमा सुवर्ण योजनाको इकाई निष्कासन गर्दै



बिजमाण्डू
२०८२ फागुन ११ गते १०:०५ | Feb 23, 2026
गरिमा क्यापिटलले खुलामुखी म्युचुअल फण्ड गरिमा सुवर्ण योजनाको इकाई निष्कासन गर्दै

काठमाडौं। गरिमा क्यापिटलले सामूहिक लगानी कोषको सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले म्युचुअल फण्ड गरिमा सुवर्ण योजनाको इकाई निष्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

क्यापिटलले फागुन २८ गतेदेखि कोषको इकाई निष्कासन गर्ने भएको छ। १ अर्ब रुपैयाँ आकारको योजनाको क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र निष्कासन गर्ने जनाएको छ।

सार्वजनिक निष्कासनमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई निष्कासन गर्न लागेको हो।

गरिमा सुवर्ण योजना खुलामुखी प्रकृतिको म्युचुअल फण्ड हो। लगानीकर्ताले योजनामा १०० देखि ५० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।

योजनाको निष्कासन अवधि चैत २ गतेसम्म खुला रहनेछ। योजनाको निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल छ।