काठमाडौं। स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटिजले सेयर लगानीकर्तालाई २ करोड रुपैयाँसम्म मार्जिन ट्रेडिङको सुविधा दिने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी नयाँ जारी गरेसँगै नासा सेक्युरिटिजले लगानीकर्तालाई २ करोड रुपैयाँसम्म मार्जिन ट्रेडिङको सुविधा दिने योजना सार्वजनिक गरेको छ।
ग्राहकको आवश्यकतालाई सहजरूपमा सम्बोधन गर्न ऋण संरचना लचिलो र ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ।
कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन सुविधा लिन चाहेमा ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन्। ती ग्राहकले ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा पाउनेछ। ऋण अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ।
१० लाख ऋण २ महिनाका लागि लिए सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिए १९ हजार ९५० रुपैयाँ लाग्ने कम्पनीले जानाएको छ।
कम्पनीले १० लाखदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफर ल्याएको छ जसको अवधि १ देखि ३ महिनासम्म छ।
नासा सेक्यूरिटिजबाट मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक लगानीकर्ताले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता नासामा नै खोल्नुपर्नेछ।










