काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा मंगलबार आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको आइपीओ ५७ हजार २४३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। आइपीओ बाँडफाँट गर्दा शेष रहेको एक कित्ता सेयर सोही लगानीकर्तामाझ बाँडफाँट गरिएको छ। यस अनुसार एक जना आवेदकले थप एक अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
५ लाख ७२ हजार ४३१ कित्ता सेयर कित्ता सेयरको लागि २४ लाख ५२ हजार ६०२ जनाले आवेदन दिएका थिए। जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको थियो भने बाँकी रद्द भएका थिए।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो।










