शिखर पावर डेभलपमेन्ट कम्पनीले आइपीओ जारी गर्दै, फागुन १७ देखि आवेदन खुल्ने



बिजमाण्डू
२०८२ फागुन ५ गते १०:२४ | Feb 17, 2026
शिखर पावर डेभलपमेन्ट कम्पनीले आइपीओ जारी गर्दै, फागुन १७ देखि आवेदन खुल्ने

काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। फागुन १७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि आइपीओ निष्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएको थियो। बाँकी प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा बिक्री गर्दैछ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २२ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भीमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ छ भने प्रति मेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ।